जब्दीका मुसहर बस्तीमा शिक्षामन्त्रीको भ्रमण बालबालिकाको शिक्षाका लागि मुसहरबस्तीमा शिक्षक राख्ने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, ३ माघ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव बुधबार धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ वडा नं. ३ जब्दी टोलको मुसहर बस्तीमा भ्रमण गर्नुभएको छ । सानो झापडीमा बसदै आएका २० घरधुरी मुसहर बस्तीको समग्रह अवस्था बुझेर उहाँले उनिहरुको सन्तानका लागि शिक्षक भर्ना गर्ने समेत आश्वासन दिनुभएको छ । खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको संस्था फियान नेपालका प्रदेश कार्यक्रम संयोजक नन्दनी यादवको अगुवाईमा भएको सो भ्रमणका क्रममा मुसहर बस्तीमा गई मन्त्री यादवले दलित बस्तीका बालबालिकाहरुको शिक्षाका लागि शिक्षक दरबन्दी प्रदेश सरकारले गर्ने बताउदै उहाँले साक्षर दलित योजना ल्याउन लागेको बताउनु भयो । बस्ती अनुगमनका क्रममा सो पालिकाका अध्यक्ष जय कुमार यादवले चालु आर्थिक वर्षमा १० घरधुरी मुसहरको दुई कोठे पक्की घर निर्माणको प्रक्रिया सुरु भईसकेको बताउदै अर्को वर्षमा बाँकी रहेका १० घरधुरी मुसहर परिवारलाई पक्की घर पालिकाले बनाउने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा नै सो वडामा रहेको डोमहरुलाई पालिकामै सफाई कर्मचारीका रुपमा जागिर दिएको चर्चा गर्दै दलितहरुको बालबालिकाको शिक्षाका लागि पालिकाले थप व्यवस्थापन गर्न लागेको आश्वासन दिनुभयो । उक्त पालिकाको दलितहरुको अवस्थामा सुधार ल्याउनको लागि फियान नेपालले पटक पटक सम्बन्धीत पक्षलाई अनुगमन गराउदै आएको छ । यसका साथै सो पालिका अन्तरगत रहेको दशगज्जा क्षेत्रका जग्गामा नेपाली किसानको जग्गामा सिमा स्तम्भ रहेकाले सोको मुआव्जाका लागि समेत प्रयत्नरत रहेका फियान नेपालका प्रदेश संयोजक यादवले मन्त्री यादवलाई मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नं. २ का किसानको जग्गा मन्त्री यादव संग अनुगमन गराई सिमा स्तम्भका कारण लालपुर्जा भएरपनि जग्गा उपभोग गर्न नसकेका किसानको पिडालाई समाधान गर्न सदनमा आवाज उठाउन आग्रह गर्नुभयो । मुसहर बस्तीमा मन्त्री आएर आफुहरुको अवस्थाका बारेमा जानकारी लिएर पछि स्थानीयबासी खुशी भएका छन् ।
.jpg)
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
16 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
16 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
2 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
3 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी