Janakpurdham
Mon, Aug 31, 2026
`

शिक्षक र विद्यार्थीको सहयोगमा बालविवाह रोक्न पहल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महोत्तरी, माघ ७ गते । जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकमा जनचेतना जगाउने कार्यमा खटाउने योजना बनाएको हो । जलेश्वर नगरपालिकामा आयोजना गरिएको बालविवाह न्यूनीकरणका लागि रूपान्तरण कार्यव्रmममा सहभागी वक्ताहरूले अभिभावकलाई सम्झाउन तथा जनचेतना जगाउन शिक्षक तथा विद्यार्थीको भूमिका महìवपूर्ण भएको तर्क गरेपछि उपप्रमुख रौसन खातुनले ती कार्यमा शिक्षक तथा विद्यार्थीलाई खटाउने बताउनुभयो । 

उहाँले बालविवाह न्यूनीकरणमा शिक्षक र विद्यार्थीलाई प्रशिक्षण दिएर पठनपाठनबाट फुर्सद पाएको समयमा बालविवाह न्यूनीकरणका लागि जनचेतना जगाउने कार्यमा लगाइने छ । उपप्रमुख खातुनले स्थानीय सरकारको आगमनसँगै शिक्षा क्षेत्रमा सुधारका साथसाथै बालविवाह तथा बाल हिंसामा कमी आएको ठोकुवा गर्नुभयो । युनिसेफको सहयोगमा जलेश्वर नगरपालिका तथा लाइफ नेपालले जलेश्वर नगरपालिकाका नौ सामुदायिक विद्यालयमा अध्ययनरत चार जना छात्रछात्रा तथा दुई जना शिक्षकलाई यस कार्यमा खटाउन चाँडै प्रशिक्षण दिइने लाइफ नेपालका जिल्ला संयोजक रिङ्कुकुमारी चौधरीले बताउनुभयो । लाइफ नेपालले जलेश्वर नगरपालिकासहित बर्दीबास, मनरासिस्वा नगरपालिका तथा सम्सी र एकडारा गाउँपालिकामा समेत बालविवाह न्यूनीकरणका लागि कार्य गरिरहेको जानकारी दिएको छ । नेपालमा बालविवाहको क्षेत्रमा मधेश सबैभन्दा अगाडि रहेकाले पनि मधेशमा यो कार्यव्रmमले निरन्तरता पाएको देखिएको छ । 

साभार : गोरखापत्र

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

16 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

16 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

2 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

3 दिन पहिले