शिक्षालाई ब्यवस्थित गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई मिलेर जान जरुरी : मेयर साह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १० गते । नेपाल सरकारले विद्यार्थीहरूका लागि पहिलाकाे तुलनामा Emis लाई सजिलाे बनाउन पहल गरेकाे छ ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा बुधवार Emis सम्बन्धि कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।
Emis नयाँमा कक्षा आठका विद्यार्थीहरूकाे परीक्षा व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बाेधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज कुमार साहले शिक्षालाई व्यवस्थित गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई मिलेर जान जरुरी रहेकाे बताए ।
मेयर साहले कक्षा आठकाे हुने नगरस्तरीय परिक्षालाई गुणस्तरीय बनाउन Emis बाट विद्यार्थीहरूका परीक्षा फारम भर्नका लागि सुझाव दिए ।
उनले शिक्षामा सुधार भए दक्ष जनशक्ति तथा सभ्य समाजकाे निर्माण हुने बताए ।
उनलेे विद्यार्थीहरूकाे सम्पूर्ण जिम्मेवारी विद्यालयकाे कान्धमा नछाेडि अभिभावकले आफ्ना बच्चाहरूलाई कुलत तथा माेवाईलका लतबाट हटाएर पढाइका साथ-साथै खेलमा केन्द्रित गर्न ध्यानाकर्षण गराए ।
उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अठारह वर्षसम्मकाे बच्चाहरू मात्र भाग लिन सक्ने व्यवस्था हुुनुपर्ने बताए ।
शिक्षा शाखा प्रमुख अंजु पाण्डेले कक्षा आठकाे परीक्षा फारम अनलाइन कसरी भर्ने सम्बन्धि अभिमुखिकार्यक्रमकाे अभिप्राय रहेकाे बताए ।
उनले Emis मा विद्यार्थीहरूकाे परीक्षा फारमदेखि लिएर विद्यालय सम्बन्धी अभिलेख राख्न आग्रह गरे ।
कार्यक्रममा एनप्यावसनका जिल्ला अध्यक्ष आशिष झा, नगर अध्यक्ष दिपक ठाकुर, प्यावसनका नगर अध्यक्ष रविन्द्र चाैधरी, ई. संजय मिश्रा लगायतका उपस्थिति रहेका थिए ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
23 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
23 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले