अपाङ्गतामैत्री संरचना निर्माणका लागि पहल गरिने : मेयर साह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १३ गते ।जनकपुधाममा अपाङ्गहरुकाे सम्मानमा एक कार्यक्रमको आयोजना भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कुर्थामा करिब ४० जना अपाङ्ग व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले अपाङतामैत्री संरचना निर्माणका लागि पहल गरिने बताए ।
मेयर साहले अपाङता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याउन नेपाल सरकारद्वारा नीति एवं कानुन पारित नहुदा मधेशको अपाङता ओझेलमा रहेको बताए ।
उनले अपाङताको सवालमा बहस, पैरवी तथा दबाब सिर्जन गर्ने उद्देश्यले स्थापित संघसंस्थाहरुलाई मिलेर जान आग्रह गरे ।
उनले अपाङता भएका व्यक्तिहरुका लागि आर्थिक सहयोगका साथै आधारभूत आवश्यकताहरु व्हीलचेयर, डंडा पालिकाद्वारा नियमितरुपमा वितरण भएका उल्लेख गरे ।
कार्यक्रममा शारीरिक रुपमा असक्त रहेका अपांगहरुलाई सम्मानमा कम्बल, तन्ना, तौलिया, च्यवनप्राश लगायतका सामग्रीहरु प्रदान गरेका आयाेजकले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ वडाध्यक्ष राजनारायण साहकाे अध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा नेपालीका कांग्रेस धनुषाका उपाध्यक्ष गणेश झाले प्राकृतिक अपाङहरुलाई जिविकोपार्जनका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
उनले अपाङहरुको आत्मवल तथा हौसला बढाउन प्रत्येक वडामा कार्यक्रम हुनुपर्ने जनाए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १३ का वडाध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नगर कोषध्यक्ष विरेन्द्र यादव, समाजसेवी डा. इन्द्रकान्त झा, अशोक दास , जिल्ला समन्वय समितिका सदस्यहरु लगायतका उपस्थिति रहेका थिए ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
22 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
22 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले