Janakpurdham
Sat, Apr 18, 2026
`

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋण स्वीकृत गरेको छ । वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण विश्व बैंकले दिनेछ ।

विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फारिस हदाद जर्भोसले सेवा र पूर्वाधारको क्षेत्रमार्फत नयाँ परियोजनाहरूले नेपालका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने बताए ।

यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित गर्न पनि भूमिका खेल्ने विश्व बैंकको भनाई छ ।

साभार : नेपाल प्रेस

`
12 comments
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

3 घन्टा पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

3 घन्टा पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

1 दिन पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

1 दिन पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

2 दिन पहिले