Janakpurdham
Thu, Mar 26, 2026
`

तामाकोशी गाउँपालिकाले कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्सान गर्नका लागि सहयोग गर्ने

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
श्रावण २८, तामाकोशी । 
तामाकोशी गाउँपालिकाले कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई  प्रोत्सान गर्नका लागि सहयोग गर्ने भएको छ ।
तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको वैठकले पालिका भित्र संचालित गोल्मेश्वर माध्यमिक विद्यालयमा संचालित कृषि प्राविधिक शिक्षालयमा  अध्ययन गर्ने विद्यार्थीका लागि सहयोग गर्ने भएको हो ।
कार्यपालिकाको बैठकले पालिका भित्रका दलित विद्यार्थीका लागि ४० प्रतिशत, छात्राको लागि ३५ प्रतिशत, अन्य विद्यार्थीका लागि ३० प्रतिशत र तामाकोशी गाउँपालिका भन्दा अन्यबाट आउँने विद्यार्थीका लागि २५ प्रतिशत लाग्ने शुल्कमा सहयोग गर्ने कार्यपालिका सदस्य तथा वडा नम्बर ५ सहरेका वडा अध्यक्ष शम्भु प्रसाद फुयाँलले बताउँनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा संचालित गोल्मेश्वर माध्यमिक विद्यालयमा २०७६ सालबाट कृषि प्राविधिक शिक्षलय संचालन गरिएको र कृषि प्रविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयको तर्फबाट १५ प्रतिशत छुट गरिने प्रधानाध्यपक संजिव कुमार खड्काले जानकारि दिनु भयो ।
तामाकोशी गाउँपालिका र विद्यालयले गरेको सहयोगबाट कृषि प्राविधिक बन्नकालागि सर्वसाधारण विद्यार्थीलाई पनि सहज हुने स्थानियको भनाई छ ।

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

16 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

16 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले