Janakpurdham
Mon, Mar 23, 2026
`

मधेश प्रदेश सरकार पुनर्गठनको तयारीमा मुख्यमन्त्री यादव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत २ गते । केन्द्रमा आएको सत्ता फेरबदलपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव नयाँ समीकरण अनुसार प्रदेश सरकारको पुनर्गठनका विषयमा सत्ता सहयात्री दलहरूसँग छलफल शुरु गर्नु भएको छ । 

मुख्यमन्त्री सरोज कुमार यादवले रेडियो नेपालसँग बिहीवार कुरा गर्दै सङ्घीयताका सवालमा मधेश प्रदेश सभामा रहेका सबै दलका समान तथा सकारात्मक धारणा भएपनि आफूहरू केन्द्रको सत्ता हेरफेरका कारणले सरकारको पुनर्गठनको तयारीका विषयमा छलफल शुरु गरेको जानकारी दिनु भयो । 

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले  बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि काठमाडौँबाट मधेश प्रदेशका राजधानी जनकपुरधाम फर्किनु भएका मुख्यमन्त्रीले आज बिहान देखि सहयात्री विभिन्न दलका नेताहरूसँग परामर्श थाल्नु भएको
छ । 

उहाँले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवसँग कुराकानी गरेको र उहाँ अहिले पार्टीको काम विशेषले पर्सा जिल्लामा रहेकाले आउने बित्तिकै सरकारको सहयात्राका विषयमा छलफल हुने जानकारी दिनु भयो । अन्यसँग छलफल भइरहेको जानकारी मुख्यमन्त्रीले दिनु भयो । 

उहाँले नेपाली काँग्रेसका मन्त्रीहरू आफै राजीनामा दिने बताउँदै यस अघि सत्ता समीकरण हेर फेर हुँदा कसैलाई मधेश प्रदेश सरकारले बर्खास्त नगरेकाले काँग्रेसका मन्त्रीहरूलाई त्यसो गर्ने पक्षमा आफू नभएको र उहाँहरू आफै राजीनामा दिने र त्यसका लागि आफूले छलफल थालेको बताउनु भयो । 

मधेश प्रदेश सरकारमा केन्द्रमा भएको सत्ता हेरफेर पछि वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवसँग बहुमत रहेकाले उहाँको निरन्तरता हुने पक्का रहेको चर्चा हुन थालेको छ । 

मधेश प्रदेश सरकारमा नेकपा २४, जनता समाजवादी पार्टीका १९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ गरेर ५९ जनाको समर्थन रहेको छ । साना दलहरूको समर्थन विना नै सरकारको पक्षमा बहुमत रहेको अवस्था रहेको छ । 

साभार : रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

22 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

23 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले