Janakpurdham
Mon, Mar 23, 2026
`

मधेश प्रदेश सरकारमा नेकपा एमालेका एक मन्त्रीले दिए शपथ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत ५ गते । मधेश प्रदेश सरकारमा आज देखि नेकपा एमाले प्रवेश गरेको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको परिवर्तन पछि मधेश प्रदेश सरकारमा नेकपा एमाले आज देखि औपचारिक रुपमा सरकारमा सामेल भएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेपछि प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । 

मधेश प्रदेश प्रमुखको कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको उपस्थितिमा प्रदेश प्रमुखले नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण गराउनु भएको थियो । यस अघि नेकपा एमालेका भौतिक पूर्वाधार विकासमन्त्री भएर यादव छोटो समयका लागि मन्त्रालयको कार्यभार सम्हाली सक्नु भएको छ ।

यसै बीच नव नियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले आजै मन्त्रालयमा पुगेर पदभार पनि ग्रहण गर्नु भएको छ ।    

केन्द्रीय गठबन्धनमा फेरबदल भएपछि मधेस सरकारमा एमालेले पुनः प्रवेश गरेको छ । मधेश प्रदेशका बाँकी रहेका ४ वटा मन्त्रालयहरू मुख्यमन्त्री सरोज कुमार यादवले आफैसँग राख्नु भएको छ । काङ्ग्रेसबाट मन्त्री बनेकाहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्री भएका मन्त्रालयमा नेकपा एमालेका मन्त्रीलाई नियुक्त गरेर मन्त्री मण्डलको पुनर्गठन गर्नु भएको छ । 

केन्द्रमा लोसपा विपक्षमा भएपनि मधेश प्रदेश सरकारमा यथावत् रहने मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिनु भएको छ । 

साभार : रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

21 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

21 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले