Janakpurdham
Mon, Mar 23, 2026
`

उपप्रधानमन्त्री महासेठ नेतृत्वको टोलीद्वारा जनकपुर–जयनगर रेल्वेको अनुगमन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत १० गते ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नेतृत्वको उच्च स्तरीय प्रतिनिधिमण्डलले नेपालको जनकपुर– जयनगर रेल्वेको भौतिक अवस्थाको आज स्थलगत अनुगमन गर्नुभएको छ । टोलीले जनकपुरधामबाट धनुषाको खजुरी रेल्वे स्टेसनसम्म पुगेर रेल्वेको भौतिक अवस्था, रेल्वेको जग्गा अतिक्रमणको अवस्था, रेल्वे ट्रयाक, क्रसिङ्गको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको हो । 

उपप्रधानमन्त्री महासेठले रेल्वेको अतिक्रमित जग्गा खाली गराउनका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न रेल्वे विभागलाई निर्देशन दिनुभयो । 

उहाँले रेल्वेको स्पिडमा रहेको समस्याको समाधान गर्नका के गर्नुपर्दछ त्यस विषयमा पहल गर्न नेपाल रेल्वे विभागका महानिर्देशक रोहित विसुराललाई निर्देशन दिनुभयो । 

सरकारी जग्गाको संरक्षण गर्न सरकारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री महासेठले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई रेल्वे कम्पनीको कैयौँ बिगाहा जग्गा व्यक्ति विशेषले अतिक्रमण गरेकाले ती अतिक्रमित जग्गाहरू खाली गराउन निर्देशन दिनुभयो । 

महाप्रबन्धक झाले मन्त्री महासेठसहितको टोलीलाई जनकपुरधामदेखि जयनगरसम्मको रेल्वेको भौतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

कम्पनीले हाल २७ ठाउँमा रेल्वे ट्याकमा कसिङ्ग रहेका कारणले रेल्वे आफ्नो गतिमा गुड्न नसकेको जानकारी टोलीलाई गराएको छ ।  

साभार : रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

21 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

21 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले