उपेन्द्रलाई विगतको धोकाधडी सम्झाउँदै ठाकुरको जवाफ- मधेशमा तत्काल सहकार्य असम्भव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,वैशाख ३१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार बचाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोग नपाउने भएका छन् ।
मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् । सरकार जोगाइदिन सहयोग माग्दै उपेन्द्र आज बिहान लोसपा अध्यक्ष महन्थ ठाकुर निवास पुगेका भेटेका हुन् ।
उपेन्द्रको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई कमजोर पार्न खोजियो । मधेश सरकार बचाउन तपाईँको पार्टीको समर्थन चाहिएको छ ।’
उपेन्द्रले सहयोगको याचना गरेपनि विगतको धोकाधडी सम्झिदै लोसपा अध्यज्ञ ठाकुरले सहयोग गर्न नसक्ने प्रष्ट्याएका छन् ।‘हाम्रो अध्यक्षजीले मधेश प्रदेश सरकारबारे निर्णय लिने जिम्मेवारी नेता जीतेन्द्र सोनललाई दिएका छौं । उहाँसँगै छलफल गर्नु होला । निर्णय उहाँले नै गर्नुहुन्छ भनेर फर्काइदिनुभयो’, लोसपाकै एक नेताले सुनाए ।
ती नेताले भने, ‘कैयौं पटक उपेन्द्रजीले धोका दिनुभएको उहाँले बिर्सनुभएको छैन । आफूलाई अप्ठ्यारो पर्दा खुट्टा ढोग्ने र काम फत्ते भएपछि पछाडिबाट वार गर्ने पुरानो बानी छ उहाँको । त्यसैले सहकार्य असम्भव छ ।’
साभार : नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
16 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
16 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले