एमालेले मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई ३ दिने प्रशिक्षण दिँदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बारा,जेठ ११ गते । मधेश प्रदेशमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र पार्टी अध्यक्ष तथा प्रदेश पदाधिकारीहरू सम्मिलित तीन दिने प्रशिक्षण शिविर बर्दिबासमा सुरु भएको छ ।
नेकपा एमाले स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको र तथा नेकपा एमाले मधेश प्रदेश कमिटीको व्यवस्थापनमा सुरु भएको शिविरको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले विगतको सरकार देश र जनताप्रति उत्तरदायी हुन नसकेका कारण एमालेसहितको नयाँ समीकरण बनेको बताए ।
उनले नयाँ सरकारलाई सफल बनाउँदै एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउन लागेको बताए । पोखरेलले एमाले जनताको चाहना पूरा गर्दै आगामी दिनलाई मिसन ८४ मा केन्द्रित गर्न लागेको बताए ।
मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता र प्रदेश सचिव मनोज पौडेलको सहजिकरणमा कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्यहरू रामऔतार यादव, कल्पना कटुवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपसचिव आरती भण्डारीले स्वागत गरेका थिए ।
प्रशिक्षणमा स्थानीय तहको बजेट जनमुखी कसरी बनाउने, प्रणालीगत कानुनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार, स्थानीय विकास नयाँ सोच र नयाँ काम र स्थानीय तहको आर्थिक श्रोत परिचालन तथा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइने मधेश प्रदेश कमिटी सचिव मनोज पौडेलले बताए ।
साभार : नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
14 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
14 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले