Janakpurdham
Mon, Mar 23, 2026
`

महाेत्तरीमा सम्वादात्मक कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महोत्तरी, जेठ १२ गते ।  महोत्तरीमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरोको आयोजनामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको छ। शनिवार आयाेजना भएकाे कार्यक्रमकाे अध्यक्षता अबधेश साहले गरेकाे हाे । साथै स्वागत मन्तव्य रमन पाण्डेले गरेका थिए। उदारवाद र मार्क्सवाद दुनियाबाट असफल भैसकेकोले बहुलराष्ट्र राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको राजीव झाले ध्यानाकर्षण गराए । कार्यक्रममा समाजका अगुवा , बुद्धिजीवी,पत्रकार, प्राध्यापक , अधिवक्ता , शिक्षक, प्रबुद्ध वर्गको उपस्थिति रहेका थिए ।

त्यस्तै कार्यक्रममा पुर्व मन्त्री राम नरेश यादव मधेसी,जनजाति मिल्नुको बिकल्प नरहेको बिगतमा मधेस आन्दोलन,जनजाति आन्दोलन,थरुहट आन्दोलन पहिचानको आन्दोलन छुट्टाछुट्टै लडेकोले आन्दोलन सफल न भएको जिकिर गर्नु भयो ।कार्यक्रममा अभियानी राम सिकिल चौधरीले मौलिक विचारको आधारमा समाज व्यवस्था गर्ने प्रयासको सराहना गरे। कार्यक्रममा संजय सिंह,संजय चौधरी,धनुषा जिल्लाको पुर्ब जिसस उपप्रमुख दिपक झा,निरुता मोक्तान,जिगमेला बम्जन लगायतका वक्ताहरुले महत्त्वपूर्ण सल्लाह , सुझाव र जिज्ञासा राखेका थिए। राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी कृष्ण कुमारसाह,धनेश्वर ठाकुर,राजेन्द्र पाण्डे,ओम प्रकाश यादव,हरि साह,महेन्द्र मंडल,बजरंगी प्रसाद साह,सुनिल लाल कर्ण,डा बिनोद मिश्रा लगायतका व्यक्तिहरुको उपस्थिति रहेकाे थिए ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

14 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

14 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले