पत्रकार महासंघको निर्वाचन तालिकामा मधेशका आठै जिल्ला शाखाको आपत्ति
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ ८ गते । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका र मतदाता नामावलीमा मधेशका आठै जिल्ला शाखाले आपत्ति जनाएका छन् ।
मधेशका आठै जिल्ला शाखाले आज संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय निर्वाचन समितिले निर्णय नसच्याए चुनाव नगराउने चेतावनी दिएका हुन् ।केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सिरहाका अध्यक्ष मनोजकुमार वनैता, सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, बाराका अध्यक्ष रेशम तिवारी, पर्साका अध्यक्ष अनुप तिवारी, महोत्तरीका सचिव राजकरण महतो र धनुषाका सचिव बटुकनाथ झाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
महिना दिनअघि सार्वजनिक गरिएको सदस्यताको सूचीले ठूलो विवाद भई महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा अध्यक्ष विपुल पोखरेलले सूची आधिकारिक होइन भन्दै विज्ञप्ति निकालेको तर, विज्ञप्तिमा सदस्यता नामावली सच्याउने प्रतिबद्धता गरेर ताला खुलाइए पनि त्यही सूची राखेर निर्वाचन समितिलाई बुझाउनुले केन्द्रले आफ्नो गलत चरित्रलाई आफैं उदांगो पारेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रले बलजफ्ती थपेका नामहरु नहटाइ, शुद्धीकरणको नाममा जिल्ला र प्रदेशले गरेको मेहनतलाई बेवास्ता गरी थोपरिएको मतदाता नामावली र विधानलाई मिचेर प्रकाशित निर्वाचन तालिकाअनुसार निर्वाचनका कार्यक्रम अगाडि बढाइए मधेश प्रदेशका जिल्ला शाखाहरुमा निर्वाचन गराउन नसक्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
10 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
10 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले