सामुदायिक विद्यालयको शिक्षा खस्किएकोमा संसदहरुको चिन्ता
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १७ : सांसदहरूले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताइन्।
उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको उल्लेख गरिन्।
शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा सांसद भट्टराईको जोड थियो।
सांसद डा. चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गरे। उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिन आग्रह गरे।
उनले शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिए।
यस्तै, सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकारवालको ध्यानाकर्षण गराए।उनले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिए।
देश विकासका लागि जननिर्वाचित सांसद र जनप्रतिनिधिलाई स्वतन्त्र छाड्नुपर्ने जिकिर सांसद ज्ञानेन्द्र शाहीको थियो। उनले काठमाडौं महानगरभित्रको बजेट प्रभावकारी कार्यान्वयन हुन नदिन अवरोध खडा गरिएको भन्दै आपत्ति प्रकट गरे।
साभार : काठमाडौं प्रेस
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
10 घन्टा पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
11 घन्टा पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
1 दिन पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
1 दिन पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
2 दिन पहिले