Janakpurdham
Mon, Mar 23, 2026
`

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार २२ गते  । केन्द्रमा सत्ता समिकरण उलटफेर भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ ।मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका हुन् । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे ।आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए । विपक्षमा ३४ मत परेको हो ।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् । गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

छ दलीय सरकारले आगामी आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याए । तर बजेट पारित नहुँदै सत्ता समिकरण उलटफेर भयो । जसका कारण विश्वासको मत लिनु केहिघण्टा अघाडी मात्रै मुख्यमन्त्रीलज अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

राजनीति परिस्थिति बदलिएपछि सिंहलाई मुख्यमन्त्री बनाउन अहम भूमिका खेलेका नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि विश्वासको मत दिएनन् ।विश्वासको मत पाएका मुख्यमन्त्री सिंहले सम्भवतः आजै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

9 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

9 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले