Janakpurdham
Sat, Feb 15, 2025
`

सोमबारदेखि सरकारी खाता रोक्का

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असार २३ गते । असार २४ गते सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।

कानुनमै उल्लेख भएको विषय भएकाले कार्यालयले यस वर्ष खाता बन्द गर्न मातहतका कार्यालयलाई परिपत्र नगरिए पनि सोमबार रातीदेखि बजेट भुक्तानी नहुने महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन् ।’

संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबारसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने प्रवक्ता रिजालले बताए । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

साभार : नेपाल प्रेस

`
12 comments
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानम..

काठमाडौं, फागुन १ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्ध..

1 दिन पहिले

मधेश प्रदेशमा नसर्ने रोगको परीक्षण गर्ने अभियान शुरु

जनकपुरधाम, फागुन १ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचान स..

1 दिन पहिले

मधेश प्रदेशका सभामुख विश्वविद्यालयका विद्यार्थीहरूला..

जनकपुरधाम, माघ ३० गते ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका ..

2 दिन पहिले

मधेश प्रदेशका किसानलाई सूचीकरणमा सहभागी हुन आग्रह, अनुद..

जनकपुरधाम, माघ ३० गते ।  मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले किसानहर..

2 दिन पहिले

धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न

जनकपुरधाम, माघ २९ गते ।  धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर म..

3 दिन पहिले