सोमबारदेखि सरकारी खाता रोक्का
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असार २३ गते । असार २४ गते सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।
कानुनमै उल्लेख भएको विषय भएकाले कार्यालयले यस वर्ष खाता बन्द गर्न मातहतका कार्यालयलाई परिपत्र नगरिए पनि सोमबार रातीदेखि बजेट भुक्तानी नहुने महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन् ।’
संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबारसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने प्रवक्ता रिजालले बताए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।
साभार : नेपाल प्रेस
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
मनाङ , फाल्गुन २३ गते । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ ..
13 घन्टा पहिले
बालेन ओलीको मतान्तर १० हजार ६३४
विराटनगर, फाल्गुन २३ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बाल..
13 घन्टा पहिले
प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्..
काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्क..
2 दिन पहिले
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काठमाडौं, फागुन २१ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका कार्यवाहक प..
2 दिन पहिले
असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास न..
काठमाडौं, फागुन २० : नेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा वि..
2 दिन पहिले