Janakpurdham
Mon, Mar 23, 2026
`

मधेश प्रदेशसभामा बजेट पुनर्लेखनको माग, सहमति नजुट्दा बैठक २६ गतेसम्मका लागि स्थगित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार २३ गते । । मधेश प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखनको अडान प्रतिपक्षी दलले राखेपछि बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।आजको प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलहरू अबरोध गरेका थिए ।

बैठकमा जसपा नेपालका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक भएको कुरा सरकारले नै स्वीकार गरेकाले छानविन गर्न समिति गठन गर्नुपर्ने माग राखेका थिए ।त्यसपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेर सहमती जुटाउन छलफल राखे । तर सहमती नजुट्दा उनले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

जसपा नेपालका सांसद गुप्ताले आजको छलफलमा सहमती नजुटेको र सत्ता पक्षले दुई दिनभित्र माग पुरा गर्ने जनाएपछि सभामुखले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए ।उनले भने, ‘सिस्टम ह्याक गरेर बजेटमा गडबड गरिएको कुरा मुख्यमन्त्री र तत्कालीन अर्थमन्त्रीले स्वीकार्नु भएको छ । यदि त्यस्तो भएको छ भने छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्छ । र, बजेट पुनर्लेखन गर्नुपर्छ ‌।’

साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

9 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

9 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले