विश्व बैंकले रोजगारी सृजनामा सघाउने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
वासिङ्टन, डिसी, कात्तिक ८ : विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् ।
वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।
यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ।
उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।
साभार : काठमाडौं प्रेस
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहल..
काठमाडौं ,फाल्गुन २ गते । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहल..
7 घन्टा पहिले
जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव म..
सर्लाही ,फाल्गुन २ गते । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली क..
7 घन्टा पहिले
लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा ..
काठमाडौं ,फाल्गुन २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्..
7 घन्टा पहिले
त्रिभुवन विमानस्थलभित्र एक महिनाका लागि निषेधाज्ञा
काठमाडौं, माघ २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्..
2 दिन पहिले
वानखेडेमा नेपाल स्तब्ध, इटालीसँग १० विकेटले पारजित
काठमाडाैं, माघ २९ ः टि–२० विश्वकपमा नेपालले लागतार दोस्रो हार व्यवहोरोको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग जित..
2 दिन पहिले