Janakpurdham
Mon, Mar 23, 2026
`

युवा सङ्कल्प यात्रा काँग्रेसलाई जोड्ने यात्रा बनोस् : नेता निधि

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, कार्तिक २६ गते ।  झापाको मेचीनगरबाट कांग्रेसको युवा सङ्कल्प यात्रा आज जनकपुरधाम आइपुगेको छ । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाही नेतृत्वको युवाहरूको टोली जनकपुरधाम आइपुगेको हो ।

टोलीलाई स्वागत गर्दै नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले युवा सङ्कल्प यात्राको शुभकामना व्यक्त गर्दै यात्राले नेपाली काँग्रेसलाई जोड्ने काम गरोस् भन्ने कामना गर्नुभयो ।

यात्रामा ४० जनाको टोली रहेको नेविसंघका केन्द्रिय सदस्य विनोद साही ठकुरीले जानकारी दिनुभयो । सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसंघका पूर्व सभापति रञ्जित कुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रा देवी जोशी लगायत सहभागी हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय कलाकारहरू राधिका हमाल‚ उदिराम खड्का‚ सुनिल थापा‚ लेलिया विश्वकर्मा पनि टोलीमा हुनुहुन्छ । उहाँहरूले यात्राका क्रममा युवामैत्री सन्देशमूलक गीतहरू प्रस्तुति गर्दै आउनुभएको छ । युवा सङ्कल्प यात्रा कार्तिक २३ गतेदेखि सुरु भएको हो ।

साभार : रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

8 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

8 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले