प्रेस युनियनको नेतृत्वमा महासंघलाई साझा बनाउनुपर्ने समाजवादी प्रेस संगठनको धारणा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
वीरगञ्ज, मंसिर १७ गते । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व सहमतीय र संरचना साझा हुनुपर्ने समाजवादी प्रेस संगठनले जनाएको छ ।
वीरगञ्जका पत्रकार स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित प्रवचन तथा पुरस्कार वितरण कार्यक्रममा संगठनका अध्यक्ष विश्वमणि सुवेदीले उक्त कुरा बताएका हुन् । उनले सबैभन्दा ठूलो संगठन हुनुका नाताले नेपाल प्रेस युनियनले महासंघको आगामी नेतृत्व लिनुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघले मंसिर २८ गते केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसिट्एस शाखाका निर्वाचन मिति तोकेको छ । उक्त मिति नजिकिँदै गर्दा पत्रकार संगठनहरु आ–आफ्ना गतिविधिमा सक्रिय भएका हुन् ।
संगठनको पर्सा शाखाद्वारा आइतबार वीरगञ्जस्थित रेडियो वीरगञ्जको प्रांगणमा आयोजित स्व।नरेश सर्राफ स्मृतिसभामा केन्द्रीय सदस्य तथा शाखाका संस्थापक अध्यक्ष मनोज पटेल २१ हजार राशीको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार– २०८१’ द्वारा पुरस्कृत गरिए । उनलाई नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालले दोसल्ला ओढाई पुरस्कृत गरेका थिए ।
उनले भने, ‘जे तथ्य हो, त्यही सत्य हो, सबै कुरा गलत हुने सोचले निराशा फैलाउँछ ।’
कार्यक्रममा पत्रकार महासंघका केन्दीय सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बञ्जारा, सञ्चार उद्यमी ध्रुव साह संगठनका केन्द्रिय सचिव वृजलाल पासवानसहितका वक्ताले मन्तव्य व्यक्त गरे । कार्यक्रमको अध्यक्षता संगठनको पर्सा शाखाका अध्यक्ष शम्भुकुमार सुमन र सञ्चालन सहसचिव श्याम सर्राफले गरेका थिए ।
साभार : नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
5 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
5 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले