सङ्घीयतालाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउनुपर्छ : नेता निधि
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,पुस १ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न कठिन हुने बताउनुभएको छ ।
पूर्व उपप्रधानमन्त्री निधिले नेपाल पत्रकार महासङ्घ धनुषाको निर्वाचनमा नव निर्वाचित पदाधिकारीहरूलाई आफ्नो जनकपुरधामस्थित निवासमा आइतवार सम्मान गर्दै नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेकाले परिवर्तनलाई संस्थागत गर्नका लागि पनि कलम चलाउन आग्रह गर्नुभयो ।
उहाँले राज्यलाई सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा अझ बढी जिम्मेवारी बनाउन खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।
काँग्रेसका नेता निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठुलो जिम्मेवारी रहेको भन्नुहुँदै यसको अभ्यासमा भएको कमी कमजोरीको विषयमा कलम चलाइदिन आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस जहिले पनि स्वतन्त्र सञ्चारको पक्षमा रहेको बताउनुभयो ।
साभार ः रेडियो नेपाल
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
3 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले