मुख्यमन्त्री सिंहलाई सत्तारुढ कांग्रेसकै सांसदले भने- काम गर्न सक्नुहुन्न भने ठाउँ छाड्नुस्
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सतिश कुमार सिंहसँग आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद समिमले गठबन्धनका नेताहरुमाथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले काम गर्न नदिएको आरोप लगाएको सन्दर्भमा आपत्ति जनाए । उनले प्रश्न गरे- गठबन्धनकै साथीहरुको बुँई चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीहरुलाई लुटेरा र डाका भन्ने ?
मुख्यमन्त्रीलाई उनले भने, ‘आफैं काम नगर्ने तर अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने ? यो कदापी सहन सक्दिनँ । स्टन्टबाजी गर्ने ? काम गर्न सक्नुहुन्न भने ठाउँ छाडे हुन्छ ।’
सांसद समिमले बजेट भाषण भएको र रेडबुक आएको धेरै समय बितिसक्दा पनि विकास निर्माणको काम किन भइरहेको छैन भन्ने प्रश्न गरे । उनले मुख्यमन्त्रीलाई नै काम गर्न सक्नुहुन्न भने जिम्मेवारी लिनुपर्ने बताए ।
साभार ः नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
26 मिनट पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
28 मिनट पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले