मुख्यमन्त्री सिंहलाई सत्तारुढ कांग्रेसकै सांसदले भने- काम गर्न सक्नुहुन्न भने ठाउँ छाड्नुस्
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सतिश कुमार सिंहसँग आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद समिमले गठबन्धनका नेताहरुमाथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले काम गर्न नदिएको आरोप लगाएको सन्दर्भमा आपत्ति जनाए । उनले प्रश्न गरे- गठबन्धनकै साथीहरुको बुँई चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीहरुलाई लुटेरा र डाका भन्ने ?
मुख्यमन्त्रीलाई उनले भने, ‘आफैं काम नगर्ने तर अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने ? यो कदापी सहन सक्दिनँ । स्टन्टबाजी गर्ने ? काम गर्न सक्नुहुन्न भने ठाउँ छाडे हुन्छ ।’
सांसद समिमले बजेट भाषण भएको र रेडबुक आएको धेरै समय बितिसक्दा पनि विकास निर्माणको काम किन भइरहेको छैन भन्ने प्रश्न गरे । उनले मुख्यमन्त्रीलाई नै काम गर्न सक्नुहुन्न भने जिम्मेवारी लिनुपर्ने बताए ।
साभार ः नेपाल प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
1 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
1 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले