
‘सङ्घीयताका कारण गाउँ गाउँमा विकासको लहर आएको छ’
6 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुस २६ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मुलुक सङ्घीयतामा गएपछि मुलुकको विकासले गति लिएको दाबी गर्नुभएको छ ।
राष्ट्रिय समाचार समितिको आयोजना तथा मिडिया काउन्सिलको सहयोगमा मधेश प्रदेशमा कार्यरत रहेका समाचारदाताहरूका लागि आयोजित “बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका” विषयक दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सङ्घीयताका कारण अहिले गाउँमा सडक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारको विकासमा ठूलो फड्को मारेकाले सङ्घीयता समाप्त गर्न खोजे संविधान नरहने दाबी गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले पत्रकारहरूले वातावरणमा परेको नकारात्मक प्रभावको विषयमा कलम चलाएर सबैलाई सजग र सचेत बनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय समाचार समितिको समाचारका कन्टेन्टहरू ८० प्रतिशतले विभिन्न मिडियाहरूले प्रयोग गर्ने गरेको बताउँदै राष्ट्रिय समाचार समितिले नयाँ नयाँ कन्टेन्टहरू थपेर शत प्रतिशत पुर्याउने गरि काम गरिरहेको बताउनुभयो ।
मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, सिकेन्द्र पासवान, महासङ्घका प्रदेश महासचिव शैलेन्द्र महतो र धनुषाका अध्यक्ष पुरन साहले पनि बोल्नुभएको थियो ।
साभार: रेडियो नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
1 दिन पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
1 दिन पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
2 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
2 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
3 दिन पहिले