Janakpurdham
Sun, Mar 22, 2026
`

शहीद परिवारले विथोले मधेश सरकारको सातौं बलिदानी दिवस

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,  माघ ५ गते । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मधेश सरकारद्वारा आयोजित सातौं बलिदानी दिवस समारोह शहीदका परिवारले विथोलेका छन् ।

कार्यक्रममा बोलाइएका शहीद परिवारले आफूहरुलाई अपमानपूर्वक एकएक हजार रुपैयाँ दिएको भन्दै दिवस विथोलेका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्रीहरु नै सहभागी कार्यक्रम उनीहरुले विथोलेका छन् ।

रोजगारी दिने आश्वासन दिएर ठगेको र अहिले सम्मान गर्ने भनेर बोलाएर बेइज्जत गरेको भन्दै शहीद परिवारले आक्रोश पोखे ।

अवस्था अशान्त बनेपछि मुख्यमन्त्री सिंहले आक्रोशलाई सम्मान गर्दै समस्याहरुको सम्बोधन गर्ने आश्वासन दिए । 

उनले भने, ‘कर्मचारी साथीहरुलाई पनि समस्या छ । अहिले प्रक्रिया पुगेन भने आर्थिक वर्षको अन्त्यमा सबै बेरुजु ठहर भइहाल्छ । यहाँ व्यवस्थित तरिकाले यातायात खर्च वितरण गरेको भए यति ठूलो समस्या नै हुने थिएन । ठीक छ, तपाईंहरुको आक्रोशको पनि सम्बोधन हुन्छ ।’

आन्दोलनका क्रममा घाइतेहरुको अवस्था हेरेर एक लाख, डेढ लाख र दुई लाखसम्म बैंक खातामा पठाउने तथा अन्य समस्याहरुको पनि सम्बोधन गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाएका छन् ।

साभार ः नेपाल प्रेस

 

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

23 मिनट पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

26 मिनट पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले