Janakpurdham
Sat, Aug 29, 2026
`

मधेश प्रदेशमा एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत ६ गते । चैत ७ गते अर्थात् भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को मधेश प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ ।

मधेश प्रदेशबाट यस पटकको एसइई परीक्षामा १ हजार २ सय ३१ विद्यालयका कूल ८८ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुन लागेका छन् । यसका लागि प्रदेशभरका ३ सय १२ परीक्षा केन्द्रमा १२ हजार २ सय ४२ कर्मचारी तथा सुरक्षाकर्मीहरूको परिचालन गरिएको छ । 

यसका साथै ४ सय ५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३ सय ७० निरीक्षक, ७ सय ५५ परीक्षा सहायक, १ हजार ६ सय ६६ सहयोगी ४ हजार ६ सय ८० सुरक्षाकर्मी परिचालन गर्न लागेको छ । 

यस पटकको एसइई परीक्षा व्यवस्थापनमा सुरक्षामा विशेष ध्यान दिइएको विभिन्न जिल्लाका एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिहरूले जनाएका छन् । प्रत्येक परीक्षा केन्द्रमा सुरक्षाकर्मीहरूको पर्याप्त व्यवस्था गरिएको छ । 

परीक्षाको निष्पक्षता सुनिश्चित गर्न निरीक्षक र अन्य कर्मचारीहरूको कडा निगरानी राखिने भएको छ । सुरक्षाकर्मीहरूले परीक्षा स्थलहरूको सुरक्षा र शान्तिपूर्ण सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । यसका साथै परीक्षा केन्द्रहरूमा आवश्यक औषधि सहित स्वास्थ्यका कर्मचारीहरू परिचालन गर्ने भएका छन् । 

यसका साथै परीक्षा केन्द्रमा मोबाइल तथा कुनै प्रकारको चिट लानमा निषेध गर्ने काम भएको छ । मधेश प्रदेश सरकारले परीक्षाको अनुगमन नगर्ने भएपनि जिल्ला परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने भएका छन् । 

बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा हुने भएका छन् । परीक्षा चैत्र ७ गतेबाट शुरु भएर १९ गतेसम्म सञ्चालन हुने भएको छ । मधेश प्रदेशमा विगत वर्ष भन्दा करिब १० हजारले कम परीक्षार्थीहरू एसइईमा सामेल हुन लागेका छन् । 


साभार : रेडियो नेपाल

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

1 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

1 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले