Janakpurdham
Thu, Mar 26, 2026
`

राप्रपा केन्द्रीय सदस्य ढुंगानासहितका २०० जना कांग्रेसमा प्रबेश, निधि र बस्नेतले गरे स्वागत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का दुईसय भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नयाँ बानेश्वरमा बिहिबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहितका नेताहरुलाई नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार मोहनबहादुर बस्नेतले स्वागत गरेका थिए।

No description available.

नवप्रबेशीहरुलाई कांग्रेसको सदस्यता प्रदान गर्दै नेता निधिले कांग्रेसको झण्डामा आबद्ध हुन आउनु भएका सबै नेता तथा कार्यकर्तालाई कांग्रेसले बलियो संरक्षण दिने बताउँदै चुनाबमा सत्तागठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गरे। मंसिर ४ को चुनाबमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको स्मरण गराउदै नेता निधिले मोहन बस्नेत जस्तो कुशल नेता पाउनु सिन्धुपाल्चोकबासीका लागि गौरवको बिषय भएको उल्लेख गरे।

कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको भन्दै उनले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए। एमालेको उक्साहटमा राष्ट्रपतिले पटक पटक संविधान उल्लंघन गरेकोले त्यसको संरक्षण गर्ने प्रमुख दायित्व कांग्रेसकै भएको बताए।

No description available.

त्यस अवसरमा राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सबै नेता तथा कार्यकर्तालाई कांग्रेस उम्मेदवार बस्नेतले उचित सम्मान र इज्जत दिने बिश्वास दिलाए। जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उल्लेख गरे।

No description available.

त्यस अवसरमा नेतृ ढुंगानाले कांग्रेस नेता मोहन बस्नेतको कार्यशैलीबाट आफू प्रभाबित भएको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफूहरु प्रतिबद्धताका साथ लाग्ने बिश्वास दिलाइन्।

राप्रपाका शिवप्रसाद सापकोटा, सुमन खतिवडा, थलबहादुर तामाङलगायतका प्रभाबशाली नेताहरु कांग्रेस प्रवेश गरेका हुन्।साभार : स्पेसखबर

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

12 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

12 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

1 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

1 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले