Janakpurdham
Wed, Aug 05, 2026
`

माधव नेपाल भन्छन्- पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन्। एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताए।‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ। हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ,’ अध्यक्ष नेपालले भने, ‘भ्रष्टाचारको केस जसमा निर्णायाकको  आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।’

आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताउँदै उनले आफूले व्यक्तिगत स्वार्थका लागि कुनै काम नगरेकाले आत्तिनु नपर्ने बताए।

‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु। आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन। गलत आरोपमा दृढतासाथ उभिन्छौं,’ अध्यक्ष नेपालले भने ‘मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ। हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ।’


साभार : काठमाडौं प्रेस

 

`
12 comments
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 मिनट पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

24 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

24 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले