Janakpurdham
Thu, Sep 03, 2026
`

ज्याकलिन फर्नान्डिसलाई अदालतले सोध्यो, ‘करोडौँ रुपैँया कहाँ गयो ?’

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी । मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिसबारे बिहिबार ठूलो निर्णय हुने बताइएको छ । भारतमा दिवाली अघि अदालतले ज्याकलिनलाई २०० करोडको ठगी आरोपमा १० नोभेम्बरसम्म समय दिएको थियो । बिहिबार दिल्लीको पाटियाला कोर्टमा यसबारे सुनुवाई चलिरहेको छ । उनीबारे आजै अदालतमा निर्णय सुनाइनेछ ।

के ज्याकलिनले पाउनेछिन् जमानत ?

प्रवर्तन निर्देशनालयले अदालतमा ज्याकलिनको जमानत याचिकाको विरोध गरेको थियो । प्रवर्तन निर्देशनालयले नायिकाले अनुसन्धानका बेला सहयोग नगरेको बताएको थियो । प्रमाण भेटिएपछि नै ज्याकलिनले स्विकारोक्ति दिएकी छिन् । ज्याकलिनलाई सुकेश चन्द्रशेखर ठग भएको राम्रोसँग थाहा भएको इडीले बताएको छ । इडीका अनुसार ठगबारे थाहा पाउँदा पाउँदै पनि उनले सुकेशबाट महँगा उपहार लिइरहिन् ।

मनी लन्ड्रिङ मुद्दामा ज्याकलिन दिल्लीको पटियाला अदालत पुगेकी छिन् । उनीबाहेक सुकेशकी निकट पिंकी इरानी पनि अदालत पुगेकी छिन् ।

ज्याकलिनले दिइन् स्पष्टिकरण

अदालतमा सुनुवाईका बेला ज्याकलिनका वकिलले उनले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताए । यसबाहेक इडीले ज्याकलिनमाथि देश छोडेर भाग्न खोजेको आरोप लगाए, त्यसलाई पनि उनले निराधार बताए । ज्याकलिनका वकिलले नायिकाले आफैँ अदालतमा आत्मसमर्पण गरेको बताए ।

इडीको वकिलपछि अब नायिकाका वकिलले आफ्नो जवाफ दिइरहेका छन् । अदालतले ज्याकलिनलाई करोडौँ रुपैयाँ कहाँ गयो भनेर सोधे । एक भारतीय सञ्चार माध्यमका अनुसार इडीका वकिलले आरोप लगाउँदै भने, ‘हामीले जीवनभरी एकैपटक ५० लाख देखेका छैनौँ तर ज्याकलिनले ७.१४ करोड भारु मोजमस्तीमा नै उडाइन् । ’

सुकेशसँगको प्रेममा थिइन् ज्याकलिन

ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि सोसल मिडियामा ज्याकलिन र सुकेशका केही नीजि तस्बिर पनि भाइरल भएको थियो । तस्बिरमा ज्याकलिन र सुकेशबीचको प्रेम स्पष्ट रुपमा झल्किरहेको थियो । ज्याकलिन सुकेशसँग विवाहको सपना देखिरहेको पनि बताइएको छ । ज्याकलिनले आफ्ना साथीहरुलाई आफूले सपनाको राजकुमार पाइसकेको पनि बताएकी थिइन् ।साभार : रातोपाटी

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले