विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्दै
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
आईसीसी टी– २० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दैछन् । अष्ट्रेलियामा जारी प्रतियोगिताको फाइनल मेलवर्न क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । मैदान उत्रदैगर्दा दुबै टोली उपाधि घर लैजाने दाउमा हुनेछन् ।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर उपाधि नजिक पुगेको हो । दुवै पूर्व विजेता हुन् । यी दुई टोलीले तेस्रो पटक टी– २० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक–एक पटक उपाधि जित्दा एक–एक पटक फाइनलमा पराजित भएका छन् । अहिलेसम्म ७ पटक टी– २० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् । साभार : कोसी अनलाइन
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
2 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
2 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
3 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
3 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
4 दिन पहिले