सप्तरीबाट मधेस प्रदेशमा सीके राउतको पार्टीको विजयी सुरूवात, प्रदेश मन्त्री पराजित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहेका छन् ।यहाँ कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित छ ।पराजित हुने अवस्थामा पुगेका साह मधेश प्रदेशका अर्थमन्त्री हुन् । उनी यही क्षेत्रबाट ०७४ मा विजयी भएका थिए ।
को हुन् सतिश ?
सतिश संसदीय निर्वाचन निजकिएपछि जनमतमा प्रवेश गरेका थिए । उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । तत्कालीन राजपाबाट उनी अध्यक्षमा विजयी भएका थिए ।वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेपनि पराजित भएका थिए ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
10 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
10 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
1 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
1 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले