धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
धनुषा, साउन २७ : धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्।
बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी छन् । उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहू गोपल साहसंग ६ लाख रुपैयाँ लिएको बताइएको छ।
उनले लिएको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जादाँ पटक पटक समय दिएर साहू गोपाल साहले फिर्ता नदिएको बताइएको छ। फूल कुमारीको सो जग्गा साहू गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिएकी थिइन।

गत साउन २ गत्ते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको थियो। तीनै जनाविरुद्ध दर्जन बढी मिटरब्याज र ठगीको उजूरी परेको छ।
उनीहरुबाट पीडित भएको भन्दै सयौं मिटरब्याज पीडितहरु सो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि धर्ना दिँदै आएका छन्। उनीहरुले पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी रहेको आरोप लगाउँदै उच्च स्तरीय सीआईबीद्वारा अनुसन्धान गर्न माग गरेका छन्।
साभार: काठमाडौं प्रेस
धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
धनुषा, साउन २७ : धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्। बुधबार जनकपुरधामस्थित ज..
1 घन्टा पहिले
ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई
काठमाडौं, साउन २७ : राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्याना..
1 घन्टा पहिले
महाधिवेशन प्रक्रिया यथास्थितिमा राख्न संस्थापनइतरले ब..
काठमाडौं, साउन २६ : नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथ..
1 दिन पहिले
जनकपुरधाममा लम्पी स्किन रोगविरुद्ध निःशुल्क खोप सेवा स..
जनकपुरधाम, श्रावण २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले गाई–बाच्छामा देखिने लम्पी स्किन रोग (LSD) को रोकथाम तथा न..
1 दिन पहिले
हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांस..
काठमाडौं, साउन २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्..
2 दिन पहिले