Janakpurdham
Thu, Mar 26, 2026
`

श्री गोल्मेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा हरिशंकर पोखरेल सर्वसम्मत चयन ।

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
श्रावण ३२, तामाकोशी ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूले लामो समयको अन्तरालपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गरेको छ ।
गोल्मेश्वर माध्यमिक विद्यालयमा विगत एक बर्ष अगाडिदेखि तामाकोशी गाउँपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ बमोजिम विद्यालय व्यवस्थापन समिति चयन गरेको थियो । अन्य सदस्य चयन भइसके पनि अध्यक्ष पदका लागि पूर्व अध्यक्ष हरिशंकर पोखरेल र अर्का सदस्य मेखराज पोखरेल दुई जनाको दावी रहेको थियो ।
नीति गत अष्पष्टताका कारण अध्यक्ष चयन हुन नसक्दा जेष्ठ सदस्यबाट बैठक संचालन भई आएको र हाल तामाकोशी गाउँपालिकाको शिक्षा ऐन २०७५ संशोधन गर्न बनेको ऐन २०७८ अनुसार प्रकृया पुरा गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिशंकर पोखरेल चयन हुनु भएको विद्यालयका प्रधानाध्यपक संजय कुमार खड्काले जानकारी दिनु भयो ।
विद्यालयले समय समयमा व्यवस्थापन समिति अध्यक्ष चयन गर्न प्रयास गरिरहेता पनि अध्यक्ष चयन हुन सकेको थिएन । हाल अर्का दाबेदार मेखराज पोखरेलले अर्का दाबेदार हरिशंकर पोखरेललाई सहमति जनाएपछि अध्यक्ष चयन प्रकृयाले पुर्णता पाएको हो ।
अन्य सदस्यहरुमा मेखराज पोखरेल, कमल बहादुर पोखरेल, टंक बहादुर खड्का, निर बहादुर श्रेष्ठ, मन्जु मिजार, गंगा पोखरेल, बबिता खड्का, रहनु भएको छ भने सदस्य सचिव विद्यालयको प्रधानाध्यपक हुने व्यवस्था अनुसार संजय कुमार खड्का रहनुहुने छ ।

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

24 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

24 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले