Janakpurdham
Wed, Apr 22, 2026
`

बैंकहरुबीच निक्षेप खोस्ने प्रतिस्पर्धा, भदौका लागि अधिकांशले बढाए ब्याजदर

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् । कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १०.८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमशः १०.५० प्रतिशत, १०.४९ प्रतिशत, १०.४० प्रतिशत, र १०/१० प्रतिशत तोकेका छन् । 

बाँकी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९२ प्रतिशत ब्याजदर तोेकेको छ । यसअघि साउन महिनाका लागि बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए । प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरुले अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् । साभार : रातोपाटी

`
12 comments
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

7 घन्टा पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

7 घन्टा पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

1 दिन पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

1 दिन पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

2 दिन पहिले