
इजरायलमा रहेका नेपाली सुरक्षित स्थानमा, नआत्तिन आग्रह (भिडियो)
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,असोज २४ गते । इजरायल र हमासबीच युद्ध जारी छ। सो युद्धमा परी दश जना नेपालीले समेत ज्यान गुमाएका छन् भने केही नेपाली घाइते भएका छन्। अहिले घाइतेलाई अस्पताल भर्ना गरिएको र प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।यसैबीच इजरायलको पछिल्लो अवस्थाका विषयमा डिसी नेपालले प्रत्यक्ष जानकारी दिने कोशिस गरेको छ। मंगलबार इजरायलबाट एनआरएन इजरायलका पूर्व अध्यक्ष एवं समाजसेवी दीपक ओलीसँग प्रत्यक्ष सम्वाद गरि त्यहाँको वस्तुस्थितिका विषयमा जानकारी लिइएको छ।हमासले आक्रमण गरेको दिन इजरायलका विशेष चाड मनाइरहेका बेला हमासले अन्धाधुन्ध आक्रमण गरेको ओलीले बताए। हमासका लडाकु समूहले सिमानालाई डोजेरले फोडेर र केही बेलुनबाट उडेर आएर आक्रमण गर्दा करिव सात सय जनाको मृत्यु भएको बताए। उनले दश जना नेपाली विद्यार्थीको पनि त्यही आक्रमणमा मृत्यु भएको बताए।सिमाना फोडेर इजरायल प्रवेश गरेका हमासका लडाकुले बंकरभित्र पसेर अन्धाधुन्ध गोली प्रहार गर्दा दश जना नेपालीको मृत्यु भएको बताए।
नेपालबाट भर्खर इजरायल आएका नेपाली विद्यार्थीलाई यो घटना सपना जस्तो भएको बताए। उनले अहिले इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको र नआत्तिन आग्रह गरेका छन्।
उनले समाजिक सञ्जालमा देखाएजस्तो ठूला भवनमा क्षति भएको र आगजनी भएको भिडियो अहिले इजरायलको नभएको बताए। अहिले इजरायलको अवस्था सामान्य बन्दै गएको पनि उनले बताए।उनले इजरायलको प्रत्येक घरमा बंकर हुने गरेको भन्दै आक्रमणको पूर्वसन्ध्यामा साइरन बज्ने र साइरन बजेपछि सबै जना बंकरभित्र लुक्न सकिने भन्दै नआत्तिन आग्रह गरेका छन्।

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
20 घन्टा पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
2 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
2 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
3 दिन पहिले
पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..
3 दिन पहिले