धनुषाको भिमानबाट \'गरुडा\' प्रक्षेपण गरिँदै
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ । स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि रकेट परीक्षण गर्न लागिएको हो । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।
यो विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हो । ‘हामीले विज्ञानका पिता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसर पारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं,’ निर्माणकर्ता मोहन तामाङले भने, ‘विविध कारणले हुन सकेन ।’ प्रक्षेपण सफल भए गरुडा अमेरिकी आकाशमा उड्नेछ ।
रकेटमा माथिल्लो उचाइबाट तस्बिर खिच्न मिल्ने गरी क्युबस्याट क्यामेरा पनि जडान गरिएको तामाङले बताए । १० हजार फिटमाथि पुग्ने यो रकेट प्रक्षेपण भएपछि प्यारासुटको सहायताबाट ती उपकरण झारिने व्यवस्था मिलाइएको छ । रकेटको मोटर टेस्ट पनि सफल भएको उनले बताए । ‘प्रारम्भिक परीक्षण सबै सफल भयो, अब प्रक्षेपण गरेपछि थाहा हुन्छ,’ उनले भने । लन्च गरेपछि कुनै समस्या नदेखिए अर्को प्रोटोटाइप तयार गर्ने उनले बताए । रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए । फाइबर ग्लासबाट निर्माण भइरहेको रकेटको तौल २२.६ केजी छ ।
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
1 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
1 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
2 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
2 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले