धनुषाको भिमानबाट \'गरुडा\' प्रक्षेपण गरिँदै
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ । स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि रकेट परीक्षण गर्न लागिएको हो । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।
यो विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हो । ‘हामीले विज्ञानका पिता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसर पारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं,’ निर्माणकर्ता मोहन तामाङले भने, ‘विविध कारणले हुन सकेन ।’ प्रक्षेपण सफल भए गरुडा अमेरिकी आकाशमा उड्नेछ ।
रकेटमा माथिल्लो उचाइबाट तस्बिर खिच्न मिल्ने गरी क्युबस्याट क्यामेरा पनि जडान गरिएको तामाङले बताए । १० हजार फिटमाथि पुग्ने यो रकेट प्रक्षेपण भएपछि प्यारासुटको सहायताबाट ती उपकरण झारिने व्यवस्था मिलाइएको छ । रकेटको मोटर टेस्ट पनि सफल भएको उनले बताए । ‘प्रारम्भिक परीक्षण सबै सफल भयो, अब प्रक्षेपण गरेपछि थाहा हुन्छ,’ उनले भने । लन्च गरेपछि कुनै समस्या नदेखिए अर्को प्रोटोटाइप तयार गर्ने उनले बताए । रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए । फाइबर ग्लासबाट निर्माण भइरहेको रकेटको तौल २२.६ केजी छ ।
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..
काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..
5 घन्टा पहिले
सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..
काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..
5 घन्टा पहिले
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..
सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..
1 दिन पहिले
विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..
काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..
1 दिन पहिले
बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..
2 दिन पहिले