Janakpurdham
Sat, Aug 08, 2026
`

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत विभिन्न विषयमा ८ दिने तालिम सम्पन ।

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
मंसिर १६, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको ८ दिने तालिम समापन भएको छ ।
तामाकोशी गाउँपालिकाका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भएको समापन कार्यक्रममा सहभागिहरुले तालिमबाट धेरै कुराको सिकाई भएको, तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न सके फाईदा हुने । आगामि दिनमा यस्ता खाले तालिमको अवश्यकता रहेको बताउँनु भयो । समापन कार्यक्रमका अतिथि श्रेष्ठले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गरि व्यवसायीक योजना बनाएर जिवन परिबर्तन गर्न अनुरोध गर्नु भयो ।
आठ दिने तालिममा व्यवसायमा महिलाको आवश्यकता र महत्व, बजार योजना, व्यवसायीक योजना, लागत के हो ?, विक्री प्रवद्धन लगाएत महत्वपुर्ण धेरै विषयबस्तु समावेस गरिएको थियो । नेपाल सरकार बाणिज्य तथा आपूर्ती मन्त्रालय सिंहदरबार काठमाण्डौको सहयोग र तामाकोशी गाउँपालिकाको आयोजनामा संचालन गरिएको तालिममा पालिका भित्रका वडा नम्वर ३, ४ र ५ का सहभागीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण तामाकोशी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख गंगा नेपाली र सहजकर्ता अन्जना पौडेलले गर्नु भएको थियो ।  
 

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

18 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

18 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले