Janakpurdham
Sun, Aug 17, 2025
`

जनकपुरधाममा ११ हजार स्क्वायर फिटको राम जानकीकाे मूर्ति अनाजबाट बनाउने तयारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक ११ गते ।  राम जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने तयारी सुरु गरिएको छ ।जनकपुरधामका मेयर मनोज साहले राम जानकीको प्रतिमा बनाउने विषयमा विभिन्न निकायका अधिकारीसँग छलफल गरेका हुन् । छलफलपछि उनले अनाजबाट ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने निष्कर्षमा पुगेको बताए ।उनका अनुसार जनकपुरधामको रंगभुमी मैदान (बारहविघा)मा राम जानकी प्रतिमा निर्माण गरिनेछ । प्रतिमा करिब तीन कट्ठा क्षेत्रफल ओगट्नेछ ।यसअघि भारतको अयोध्या (भगवान रामको जन्मभूमि)मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बन्यो । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने मेयर साहले बताए ।प्रतिमा भारत मध्य प्रदेश सतिश गुर्जरले निर्माण गर्नेछन् । उनको टिम जनकपुरधाम आइपुगेको छ ।यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी मनाइन्छ । यसवर्ष विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम(जानकीको प्रतिमा हुनेछ ।साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

14 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

14 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले