Janakpurdham
Sun, Aug 17, 2025
`

नगर इन्चार्जले लाखौं लिएर भागेको भन्दै एमाले प्रदेश नेताद्वारा पार्टी परित्याग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १२ गते ।  सिरहा क्षेत्र नम्वर ४ (क)का प्रत्याशी उम्मेदवार प्रकाश महासेठ नेकपा एमाले परित्याग गरेका छन् ।महासेठले आज मिर्चैयामा पत्रकार सम्मेलन गरी एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । चुनावमा रुपैयाँ लिएर भागेका नेतालाई संरक्षण र आफूलाई बेवास्ता गरेको भन्दै एमाले परित्याग गरेको उनले बताए ।चुनावमा उनले मात्र ५२० मतले पराजित भएका थिए । पार्टीका मिर्चैया नगरपालिकाका ईन्चार्ज प्रदिप महासेठले अन्तरघात गरेको र खर्च गर्न दिएको रुपैयाँ लिएर भागेकै कारण आफू चुनाव हारेको उनको भनाई छ ।प्रदिपले करिब १६र१७ लाख रुपैयाँ लिएर भागेको नेता प्रकाशको आरोप छ । उनले भने, ‘पार्टी जिल्ला कमिटीमा निवेदन दिएको थिए । पार्टीले साढे १५ लाख रुपैया फिर्ता गर्न प्रदिपलाई भन्यो । तर अझै रुपैयाँ फिर्ता गरेनन् । उनलाई कारबाही गर्नुको साटो मलाई नै बेवास्ता गर्न थालेपछि पार्टी परित्याग गर्न बाध्य भएको छु ।’ 

‘पार्टीको प्रदेश ईन्चार्ज तथा कल्याणपुरका मेयर रामपुकार साह समक्ष पनि यो कुरा लिएर पुगेको थिए’, उनले गुनासो गरे, ‘तर उहाँले लीलानाथ श्रेष्ठले तपाईंको मुद्दा नै क्लोज गरेको सुनाउनुभयो । उहाँले लीलानाथ श्रेष्ठ जति ठूलो पदमा नभएकोले केही गर्न नसक्ने भनेर जवाफ दिनुभयो ।’उनले पार्टी परित्याग गरेपनि जनताको सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । जनताले आफूलाई भोट दिएकाले रातदिन नछुट्याई जनताले खोजेको बेला साथ दिने उनको भनाई छ ।यता, नगर ईन्चार्ज प्रदिप महासेठले आफूमाथि लगाएको आरोपमा सत्यता नरहेको दावी गरे । उनले भने,‘पार्टीमा निवेदन परेको सत्य हो । सात दिनको समय दिएर मसंग लिखित जवाफ मागेको थियो । म लिखित जवाफ पनि पठाए । त्यसपछि मलाई कुनै पत्र आएको छैन् ।प्रकाश महासेठले पत्रकार सम्मेलनमा लगाएको आरोप अनुसार जिल्ला कमिटीले आफूलाई साढे १५ लाख रुपैया फिर्ता गर्न भनेको कुरा पनि झुठो रहेको उनले दावी गरे ।साभार : नेपाली प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

14 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

14 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले