नगर इन्चार्जले लाखौं लिएर भागेको भन्दै एमाले प्रदेश नेताद्वारा पार्टी परित्याग
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक १२ गते । सिरहा क्षेत्र नम्वर ४ (क)का प्रत्याशी उम्मेदवार प्रकाश महासेठ नेकपा एमाले परित्याग गरेका छन् ।महासेठले आज मिर्चैयामा पत्रकार सम्मेलन गरी एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । चुनावमा रुपैयाँ लिएर भागेका नेतालाई संरक्षण र आफूलाई बेवास्ता गरेको भन्दै एमाले परित्याग गरेको उनले बताए ।चुनावमा उनले मात्र ५२० मतले पराजित भएका थिए । पार्टीका मिर्चैया नगरपालिकाका ईन्चार्ज प्रदिप महासेठले अन्तरघात गरेको र खर्च गर्न दिएको रुपैयाँ लिएर भागेकै कारण आफू चुनाव हारेको उनको भनाई छ ।प्रदिपले करिब १६र१७ लाख रुपैयाँ लिएर भागेको नेता प्रकाशको आरोप छ । उनले भने, ‘पार्टी जिल्ला कमिटीमा निवेदन दिएको थिए । पार्टीले साढे १५ लाख रुपैया फिर्ता गर्न प्रदिपलाई भन्यो । तर अझै रुपैयाँ फिर्ता गरेनन् । उनलाई कारबाही गर्नुको साटो मलाई नै बेवास्ता गर्न थालेपछि पार्टी परित्याग गर्न बाध्य भएको छु ।’
‘पार्टीको प्रदेश ईन्चार्ज तथा कल्याणपुरका मेयर रामपुकार साह समक्ष पनि यो कुरा लिएर पुगेको थिए’, उनले गुनासो गरे, ‘तर उहाँले लीलानाथ श्रेष्ठले तपाईंको मुद्दा नै क्लोज गरेको सुनाउनुभयो । उहाँले लीलानाथ श्रेष्ठ जति ठूलो पदमा नभएकोले केही गर्न नसक्ने भनेर जवाफ दिनुभयो ।’उनले पार्टी परित्याग गरेपनि जनताको सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । जनताले आफूलाई भोट दिएकाले रातदिन नछुट्याई जनताले खोजेको बेला साथ दिने उनको भनाई छ ।यता, नगर ईन्चार्ज प्रदिप महासेठले आफूमाथि लगाएको आरोपमा सत्यता नरहेको दावी गरे । उनले भने,‘पार्टीमा निवेदन परेको सत्य हो । सात दिनको समय दिएर मसंग लिखित जवाफ मागेको थियो । म लिखित जवाफ पनि पठाए । त्यसपछि मलाई कुनै पत्र आएको छैन् ।प्रकाश महासेठले पत्रकार सम्मेलनमा लगाएको आरोप अनुसार जिल्ला कमिटीले आफूलाई साढे १५ लाख रुपैया फिर्ता गर्न भनेको कुरा पनि झुठो रहेको उनले दावी गरे ।साभार : नेपाली प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
10 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
10 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले