Janakpurdham
Sun, May 10, 2026
`

१४ वर्षीया सरिता बनिन् मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कात्तिक १६ गते । महिला सशक्तिकरण अभियान अन्तर्गत मधेश प्रदेशमा धनुषा कमला नगरपालिकाकी १४ वर्षीया किशोरी कक्षा सातमा अध्यनरत्त सरिता कुमारी यादव सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नु भएको छ । 

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ११ अक्टोवरदेखि सुरु भएको प्लान इन्टरनेशनल नेपालको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत बिहिबार प्रतिकात्मक रुपमा उहाँलाई मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको हो । 

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले आफू बसेको कुर्सी खाली गरेर सरितालाई केही वेरका लागि मन्त्री पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । मन्त्रीको पदभार ग्रहण गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै सरिताले जिवनमा मन्त्री बन्छु भन्ने कुरा कहिले पनि आफुले नसोचेको र आज आफु मन्त्रीको कुर्सीमा वस्न पाउंदा आफुलाई भाग्यमानी ठानेको बताउनु भयो । केही वेरका लागि मन्त्री बन्नेका सरिताले स्वास्थ्य मन्त्रालयमा उपस्थित कर्मचारीहरु सँग मन्त्रालयको कार्यक्षेत्र र हाल सम्म मन्त्रालयले गरेका कामकाजको विषयमा जानकारी लिनु भएको थियो । उहाँलाई मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गरेको कामकाज को बारेमा मन्त्रालयको स्वास्थ्य महाशाखा योजना प्रमुख डा.सुचित शर्माले जानकारी गराउनु भएको थियो । साथै आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा भोग्नुपरेको समस्या र त्यसका निदानका लागि मन्त्रालयले चाल्नु पर्ने कदमको विषयमा धनुषाको विदेह र जनकनन्दनी नगरपालिकाका किशोरीहरुले मन्त्री सरितालाई स्वास्थ्यमा देखापरेका समस्याहरुका वारेमा अवगत गराउनु भएको थियो । केही वेरका लागि मन्त्री बनेका सरिताले आम नागरिकले उठाएका विषयवस्तुलाई सम्बोधन गर्नका लागि मन्त्रालयमा उपस्थित स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्र सिंहलाई आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय सँग उठेका विषयवस्तु वारे जवाफ दिदै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले स्वास्थ्य क्षेत्रमा सुधार भएको अनुभूति आम नागरिकले गर्ने किसिम बाट मन्त्रालयले कामकाज गरीरहेको साथै स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन आफू निरन्तर प्रयासरत रहेको बताउनु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले यस आर्थिक वर्षमा जनशक्ति व्यवस्थापन, उपकरणको खरिद र भौतिक पुर्वाधारको निमाणर् हुने किसिमले बजेट बिनियोजन भएको बताँउदै फागुन मसान्त सम्ममा प्रत्येक प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरणको प्रयाप्त व्यवस्थापन गरिने बताउनु भयो । 

उनले स्वास्थ्य सम्बन्धीे हरेक गतिविधिमा एकरुपता कायम गर्न संघ संस्थाहरु सँग मन्त्रालयले सहकार्य गरी अघि बढन तयार भएको भन्दै यस प्रकारको कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि व्यापकता दिन उहाँले प्लान इन्टरनेशनललाई आग्रह गर्नु भयो । प्लान इन्टरनेशनल नेपालका प्रत्याभूत संचार संयोजक अन्जु साकयले कार्यक्रम संचालन गर्दै हाल सम्म ५१ जना किशोरीले विभिन्न पदको पद हस्तान्तरण’गरी सकेको र अझै यो अभियान जारी रहने बताउनु भयो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका पुर्व क्षेत्रिय कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पंडितले किशोरीहरुको समान शत्ति ,समान स्वतन्त्रता र समान प्रतिनिधित्वका लागि अभियान संचालन गरिएको जानकारी दिदै विश्वको ७५ वटा देशमा यो कार्यक्रम भइरहेको बताउनु भयो । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यस प्रकारको कार्यक्रमले बालिकाहरुको आत्मबल बढने प्लान इन्टरनेशनल नेपालका काजल झाले बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।

`
12 comments
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने

धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..

51 मिनट पहिले

दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।  नतिजा इ..

50 मिनट पहिले

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

1 दिन पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

1 दिन पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

2 दिन पहिले