Janakpurdham
Mon, Aug 25, 2025
`

विभा मुखिया बनिन एक घण्टाका लागि विदेह नपाका उपप्रमुख

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कार्तिक १७ गते ।धनुषा जिल्लाको विदेह नगरपालिकाको उपप्रमुखमा एक घण्टाका लागि भुमिका निवाह गरेकी सो पालिकाकी सो नगरपालिकाकी विद्यार्थी विभा कुमारी मुखियाले पालिका भित्र भईरहेको बालविवाह, शिक्षामा रहेको बेथिती, स्वास्थ्य कार्यालयमा औषधीको आभाव लगायतका विभिन्न विषयमा समस्या समाधान गर्न माग गरेकी छिन् । सो पालिकाकी उपप्रमुख आशा देवी झाको स्थानमा बसेर पालिका भित्र उपप्रमुखले गरिरहेको कामका विषयमा जानकार लिएकी छिन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीब साहले उपप्रमुखले गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । साँकेतिक रुपमा उपप्रमुख बनेकी मुखियाको जिज्ञासालाई उपप्रमुख झाले सम्बोधन गर्नुभएको थियो । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपाल द्वारा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघको संयुक्त आयोजनामा संचालित गर्लस् टेकअभर कार्यक्रम अन्तरगत बिदेह नगरपालिकाका उपप्रमुखको रुपमा प्लान परिवारका सदस्य तथा परिवर्तनका सम्बाहक सीओसीका विद्यार्थी मुखियाले सो भुमिका निर्वाह गरेकी छिन् । सो अवसरमा बोल्दै साम्दायिक परिवार कल्याण संघका कार्यकारी निर्देशक लक्षमेश्वर मंडलले अन्तराष्ट्रिय बालिका दिवसमा अवसरमा प्लानले यु्वा महिला किशोरीहरुलाई नेतृत्व गर्न सक्षम बनाउने उद्देश्यका साथ विभिन्न निर्णायक पदमा रहेका व्यक्तिको पदमा साँकेतिक रुपमा किशोरीलाई टेकअभर गराई अनुभव गरी सिक्न मौका दिएको बताउनु भयो । 

हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको द्यभअबगकभ क्ष् बm ब नष्च िअभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी रहेको छ ।

बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा गल्र्स टेक अभर अभियानलाई निरन्तरता दिने भएको छ । गल्र्स टेक ओभर देशभरका ७ जिल्लामा ५० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा ५० भन्दा बढी पदको नेतृत्व लिइएको छ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिएको छ ।

`
12 comments
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

7 घन्टा पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

8 घन्टा पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

2 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 दिन पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

2 दिन पहिले