Janakpurdham
Sun, Aug 17, 2025
`

जनकपुरधाममा नमूना बाल संसद् सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कार्तिक २१ गते ।  बालबालिकामा राजनीतिप्रति बढेको वितृष्णा कम गर्न तथा संसदीय अभ्यासको विषयमा अभ्यस्त गराउन मधेश प्रदेश स्तरीय नमूना बाल संसद् सभा बैठक सम्पन्न भएको छ ।बालबालिकामा रहेको अन्तर्निहित क्षमताको विकास गर्दै नेतृत्व क्षमताको विकासका लागि सेभ द चिल्ड्रेन र आसमान नेपालको सहकार्यमा जनकपुरधाममा नमूना संसद् बैठक आज सम्पन्न भएको हो । नमूना बाल संसदमा १५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरू सहभागी रहेका थिए ।

आसमान नेपालको सङ्कल्प परियोजना मार्फत भएको मधेश प्रदेशको नमूना संसदमा ४ मन्त्रीसहित १८ सत्तापक्ष तथा १४ जना प्रतिपक्षी वाल सांसदका बीचमा प्रदेश सभा सञ्चालनको विषयमा अभ्यास गरिएको थियो । विद्यार्थीहरूले निक्कै अभ्यस्त तरिकाले संसदीय गतिविधि सञ्चालन गरेका थिए ।

नमूना वाल संसद्को निर्माण पनि क्लष्टरको आधारमा गर्नुका साथै वालिकाको सहभागिता उच्च बनाउने काम भएका थिए । यसमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, सहितका महत्वपूर्ण पदहरूमा बालबालिकाहरू नै रहेका थिए ।साभार : रेडियो नेपाल

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

11 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

11 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले