जनकपुरधाममा नमूना बाल संसद् सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,कार्तिक २१ गते । बालबालिकामा राजनीतिप्रति बढेको वितृष्णा कम गर्न तथा संसदीय अभ्यासको विषयमा अभ्यस्त गराउन मधेश प्रदेश स्तरीय नमूना बाल संसद् सभा बैठक सम्पन्न भएको छ ।बालबालिकामा रहेको अन्तर्निहित क्षमताको विकास गर्दै नेतृत्व क्षमताको विकासका लागि सेभ द चिल्ड्रेन र आसमान नेपालको सहकार्यमा जनकपुरधाममा नमूना संसद् बैठक आज सम्पन्न भएको हो । नमूना बाल संसदमा १५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरू सहभागी रहेका थिए ।
आसमान नेपालको सङ्कल्प परियोजना मार्फत भएको मधेश प्रदेशको नमूना संसदमा ४ मन्त्रीसहित १८ सत्तापक्ष तथा १४ जना प्रतिपक्षी वाल सांसदका बीचमा प्रदेश सभा सञ्चालनको विषयमा अभ्यास गरिएको थियो । विद्यार्थीहरूले निक्कै अभ्यस्त तरिकाले संसदीय गतिविधि सञ्चालन गरेका थिए ।

नमूना वाल संसद्को निर्माण पनि क्लष्टरको आधारमा गर्नुका साथै वालिकाको सहभागिता उच्च बनाउने काम भएका थिए । यसमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, सहितका महत्वपूर्ण पदहरूमा बालबालिकाहरू नै रहेका थिए ।साभार : रेडियो नेपाल
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
6 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
6 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले