Janakpurdham
Sun, Aug 17, 2025
`

प्रतिभा सहनी बनिन एक घण्टाका लागि विदेह नपाका मेयर 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम ,कार्तिक २१ गते । बिदेह नगरपालिकाकी कक्षा १२ मा अध्यनरत्त १८ वर्षीय प्रतिभा कुमारी सहनी साँकेतिक रुपमा सोमबार एक घण्टाका लागि विदेह नगरपालिकाको नगर प्रमुख बनेकी छिन । बालिकाहरुलाई सशक्तिकरण गर्ने उदेश्यले प्लान इन्टरनेशनल नेपालको ‘गल्र्स टेक ओभर’ कार्यक्रम अन्तर्गत सोमबार प्रतिकात्मक रुपमा उहाँलाई विदेह नगरपालिकाको नगर प्रमुख बनाइएको हो । आज धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफू बसेको कुर्सी खाली गरेर प्रतिभालाई नगर प्रमुख पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुखको पदभार ग्रहण गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै प्रतिभाले जिवनमा नगर प्रमुख बन्छु भन्ने कुरा कहिले पनि आफुले नसोचेको र आज आफु नगर प्रमुखको कुर्र्सीमा बिरजमान भएपछि आफुलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले आफु शुरु देखिनै शिक्षक बन्न रुचाएको बताउनु भएको थियो । केही वेरका लागि नगर प्रमुख बन्नेका प्रतिभाले नगरपालिका कार्यालयमा उपस्थित कर्मचारीहरु सँग नगरपालिकाले गर्ने कामकाज , हाल सम्म नगरमा भएका कामकाज र आम नागरिकको समस्याका वारेमा जानकारी लिनु भएको थियो । उहाँलाई विदेह नगरपालिकाका कार्यकारी अधिकृत संजिव साहले नगर प्रमुखको काम कर्तव्य र हाल सम्म नगरपालिकामा भएका विकास निमार्णको कामका बारेमा जानकी गराउनु भएको थियो । केही वेरका लागि नगर प्रमुख भएका प्रतिभालाई विदेह नगरपालिकाका किशोरीहरुले शिक्षा र स्वास्थयको क्षेत्रमा नगरपालिकाका किशोरीहरुले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उठेका विषय वस्तुहरुको जवाफ दिदै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नगरको स्वरुप फेरिने किसिमले कामकाज अगाडी बढाइएको बताउनु भयो । उहाँले वितिय समानीकरणका लागि आएको १० करोड ७१ लाख रकम मध्ये चार करोड २० लाख बजेट शिक्षा क्षेत्रको लागि मात्रै छुटयाएको बताउनु भयो । उहाँले यस आर्थिक वर्षमा कृषि विद्युतीकरणमा २ करोड रकम छुटयाएको र अगामी दिनमा किसानलाई सिचाइको समस्या समाधान हुने बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा रोखर कामकाज भइरहेको र नगरको ९ वटै वाडामा स्वास्थ्य चौकी रहेको बताउनु भयो । प्लान इन्टरनेशनल नेपालका प्रत्याभूत संचार संयोजक अन्जु साकयले कार्यक्रम संचालन गर्दै हाल सम्म ५४ जना किशोरीले विभिन्न पदको पद हस्तान्तरण’गरी सकेको र अझै यो अभियान जारी रहने बताउनु भयो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका पुर्व क्षेत्रिय कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पंडितले किशोरीहरुको समान शत्ति ,समान स्वतन्त्रता र समान प्रतिनिधित्वका लागि अभियान संचालन गरिएको जानकारी दिदै विश्वको ७५ वटा देशमा यो कार्यक्रम भइरहेको बताउनु भयो । उहाँले समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यस प्रकारको कार्यक्रमले बालिकाहरुको आत्मबल बढने बताउनु भयो । कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको द्यभअबगकभ क्ष् बm ब नष्च िअभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी रहेको छ ।

बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा गल्र्स टेक अभर अभियानलाई निरन्तरता दिने भएको छ । गल्र्स टेक ओभर देशभरका ७ जिल्लामा ५० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा ५० भन्दा बढी पदको नेतृत्व लिइएको छ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिएको छ ।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

11 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

11 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले