Janakpurdham
Sun, Aug 17, 2025
`

मधेशका मुख्यमन्त्री यादवले दीपावलीको शुभकामना दिँदै संघसँग अधिकार लिन मागे सहयोग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक २६ गते । । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीलाई दीपावलीको शुभकामना दिँदै केन्द्रसँग अधिकार लिन सहयोग मागेका छन् ।मुख्यमन्त्री यादवले आज बिहान जारी गरेको शुभकामना सन्देशमार्फत संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा रहेको गुनासो गरेका हुन् । उनले भनेका छन्, ‘एउटा प्रहरीसमेत चलाउने अधिकार प्रदेश सरकारलाई छैन । मधेश सरकारलाई तपाईँको सहयोगको खाँचो छ ।’प्रकृतिले पनि अपेक्षित रूपमा साथ नदिँदा बालीनालीमा असर परेकाले किसान, मजदुर र गरिबलाई सकस परेको उल्लेख गर्दै उनले अब सरकार विकासको मार्गमा दायाँबायाँ कतै नगरी लाग्ने प्रतिबद्धता जनाएका छन् ।‘जनताको मंगल नै हाम्रो अभीष्ट हो’, उनको शुभकामना सन्देशमा भनिएको छ, ‘यो बाहेक सरकारको कुनै मार्गचित्र छैन । हामीले सपनाहरूलाई नयाँ आयाम दिनु छ ।’ नयाँ ऊर्जा र विश्वासका साथ सेवामा समर्पित हुने उनको प्रतिबद्धता छ ।

‘मधेशमा ब्रम्ह मुहूर्तमा सूप बजाउँदै दरिद्र भगाउने र माता लक्ष्मीलाई स्वागत गर्ने आफ्नै खालको विशिष्ट संस्कृति र परम्परा छ’, मुख्यमन्त्री यादवले प्रदेशवासीलाई भनेका छन्, ‘चारैतिरबाट दियोको प्रकाशले तपाईँहरूको जीवनमा रहेको अँध्याराहरू मेटेर सुख, समृद्धि, सौभाग्य ल्याओस् भनी कामना पनि गर्दछु ।’

 साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

11 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

11 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले