टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं कार्तिक २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् ।नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो छलफल र सबै दलहरूको सहमतिका आधारमा अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको बताए ।
प्रधानमन्त्रीले भने- समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
5 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
6 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले