राज्यलाई सबैभन्दा बढी कर तिर्ने १६ करदाता सम्मानित, कुन क्षेत्रबाट को ?
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर ७ गते ।। सरकारले कर दिवसको दिन पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ । पुरस्कृत करदातामा सरकारी/निजी कम्पनी, व्यक्तिहरू छन् ।धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ । यो सरकारी कम्पनी हो । नेपालमा उत्पादन गरी धेरै निर्यात गर्नेमा डाबर नेपाल रहेको छ । विशेष उद्योगमा धेरै कर तिर्नेमा एशियन पेन्ट्स पुरस्कृत भएको छ । सूर्य नेपाल पनि उत्कृष्ट करदाताको सूचीमा छ ।बैंकहरूमध्ये धैरे कर तिर्नेमा बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । बीमातर्फ भने धेरै कर तिर्नेमा एलाआईसी नेपाल परेको छ । सहकारीमा धेरै कर तिर्ने तर्फ छिमेक लघुबित्त रहेको छ ।कृषिमा धेरै कर तिर्ने कम्पनीमा ओसीबी फिड एण्ड फिड्स प्रालि रहेको छ ।शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ । यो कलेज नेपाली कांग्रसका संसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो । पर्यटनतर्फ भने मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीमा परेको छ ।वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ ।व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।साभार : नेपाल प्रेस
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
3 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले