
महाकवि विद्यापतिको योगदान अतुलनीय -निधी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर १० गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली साहित्यका महाकवि विद्यापतिले भाषा, साहित्य र सौन्दर्यशास्त्रमा मात्रै नभई आफ्ना रचनामार्फत लोकहित तथा समावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको धारणा राखेका छन् । विद्यापति स्मारक संरक्षण समितिले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त आवाज उठाएको इतिहास स्मरण गरे ।कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मैथिली भाषालाई साहित्य रचनामार्फत जनजनसँग जोड्न खेलेको भूमिकाका कारण विद्यापतिलाई अहिलेसम्म पनि देवतुल्य व्यक्तिका रूपमा सबैले श्रद्धा गर्ने गरेको बताए ।जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले मिथिलाञ्जलको लोक–व्यवहारलाई साहित्यिक रचनामार्फत थप समृद्ध बनाउन र तत्कालीन समयमा नागरिक सम्बन्धलाई जोड्न विद्यापतिले खेलेको भूमिका स्तुत्य रहेको धारणा राखे ।संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले महाकवि विद्यापतिको योगदानलाई अहिलेको पुस्तासम्म पुर्याउन बृहत् कार्यक्रम र जनकपुरमा विद्यापति पुस्तकालय स्थापना गर्न जरुरी रहेकाले सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे ।सो अवसरमा नेपाली भाषाको माध्यमबाट मधेसका समसामयिक विषयमा समाचार सम्प्रेषण गर्न भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति मधेस प्रदेश प्रमुख टीकाराम सुनार र रेडियो नेपालका संवाददाता अजयकुमार झालाई सम्मान गरिएको थियो ।मैथिली साहित्यमा चौधौँ शताब्दीको सङ्घर्षपूर्ण समयमा जन्मिएका विद्यापतिले रचना गरेका पुरुष परीक्षा, भूपरिक्रमा, किर्तीकला, लेखनावली, गङ्गावाक्यावली, दानवाक्यावली, गयापतालकलगायत ग्रन्थहरू चर्चित छन् ।काँग्रेस धनुषा क्षेत्र ३ का क्षेत्रीय सभापति श्याम निधिको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पञ्जियार, उपसभापति गणेश झासहितका नेताहरूको उपस्थिति थियो ।साभार : हाम्रा कुरा

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले