Janakpurdham
Tue, Sep 22, 2026
`

महाकवि विद्यापतिको योगदान अतुलनीय -निधी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर १० गते ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली साहित्यका महाकवि विद्यापतिले भाषा, साहित्य र सौन्दर्यशास्त्रमा मात्रै नभई आफ्ना रचनामार्फत लोकहित तथा समावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको धारणा राखेका छन् । विद्यापति स्मारक संरक्षण समितिले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त आवाज उठाएको इतिहास स्मरण गरे ।कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मैथिली भाषालाई साहित्य रचनामार्फत जनजनसँग जोड्न खेलेको भूमिकाका कारण विद्यापतिलाई अहिलेसम्म पनि देवतुल्य व्यक्तिका रूपमा सबैले श्रद्धा गर्ने गरेको बताए ।जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले मिथिलाञ्जलको लोक–व्यवहारलाई साहित्यिक रचनामार्फत थप समृद्ध बनाउन र तत्कालीन समयमा नागरिक सम्बन्धलाई जोड्न विद्यापतिले खेलेको भूमिका स्तुत्य रहेको धारणा राखे ।संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले महाकवि विद्यापतिको योगदानलाई अहिलेको पुस्तासम्म पुर्याउन बृहत् कार्यक्रम र जनकपुरमा विद्यापति पुस्तकालय स्थापना गर्न जरुरी रहेकाले सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे ।सो अवसरमा नेपाली भाषाको माध्यमबाट मधेसका समसामयिक विषयमा समाचार सम्प्रेषण गर्न भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति मधेस प्रदेश प्रमुख टीकाराम सुनार र रेडियो नेपालका संवाददाता अजयकुमार झालाई सम्मान गरिएको थियो ।मैथिली साहित्यमा चौधौँ शताब्दीको सङ्घर्षपूर्ण समयमा जन्मिएका विद्यापतिले रचना गरेका पुरुष परीक्षा, भूपरिक्रमा, किर्तीकला, लेखनावली, गङ्गावाक्यावली, दानवाक्यावली, गयापतालकलगायत ग्रन्थहरू चर्चित छन् ।काँग्रेस धनुषा क्षेत्र ३ का क्षेत्रीय सभापति श्याम निधिको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पञ्जियार, उपसभापति गणेश झासहितका नेताहरूको उपस्थिति थियो ।साभार : हाम्रा कुरा

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

4 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

4 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले