
ओरेकले संचालन गरेको सुरक्षा आवास अब स्थानीय तहको मातहतमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
_1701084150.jpg)
जनकपुरधाम मंसिर ११ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालद्वारा विगत २५ वर्ष देखि जनकपुरधाममा संचालनमा रहेको सुरक्षा आवास अब स्थानीय तहहरुको रेखदेखमा संचालन हुने भएको छ । पिडित तथा सुरक्षाको आभावमा भौतारिरहेका महिला तथा वालवालिकाहरुलाई ओरेक नेपालको सुरक्षा आवासमा राख्ने गरिएकाले यो काम स्थानीय सरकारको भएको हुनाले धनुषाको प्रमुख जिल्ला अधिकारीको पहलमा स्थानीय तहको आर्थिक समन्वयमा संचालन हुने भएको छ । मंसिर ७ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको अध्यक्षतामा भएको धनुषा जिल्लाका स्थानीय तहहरुका प्रमुखहरुको समन्वय बैठकमा सुरक्षा आवासलाई दिर्घकालिन रुपमा संचालन गर्न सबै पालिकाले बास्केटबल फन्ट जम्मा गरी संचालन गर्न निणर्य भएको हो । सो समन्वय बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सहजकिरण गरी यो काम स्थानीय सरकारको रहेकाले यसमा सबै पालिकाले समन्वय गरी जनकपुरधाममै सुरक्षा आवास संचालन गर्नुपर्ने बताउनु भएको थियो । सो बैठकमा बोल्दै ओरेक नेपालीका कार्यकारी निर्देशक सुनिता मैनालीले सुरक्षा आवासको आवश्यक्ता र महत्वका बारेमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा ओरेक धनुषाकी सुरक्षा आवास ईचार्ज कमला खडकाले सुरक्षा आवासको अवस्थाबारे जानकारी गराउनु भएको थियो । बैठकमा धनुषा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुले सुरक्षा आवासका लागि आफुहरुले नियमित बजेट निवियोजन गरी सामुहिक रुपमा संचालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेको ओरेक धनुषाका प्रमुख सुजना अर्यालले जानकारी दिनुभयो । अगामी दिनमा ओरेक धनुषा तथा जनकपुरधाम उमहानगरपालिकाका कानुनी सल्लाहकारले संयुक्त रुपमा कार्यबिधि बनाई संचालनमा ल्याउने निणर्य भएको हो । बैठकमा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मंडल,सुरक्षा निकायका प्रमुखहरु,लैँगिक हिँसाका विरुद्धमा काम गरिरहेका विभिन्न संस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
2 दिन पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
2 दिन पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
3 दिन पहिले