
‘अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँ उभिनुपर्छ’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, मंसिर १५ : रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७औँ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर रहेको भन्दै अर्थतन्त्रको स्थायित्वको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘सरकार र निजी क्षेत्र लगायतका संस्थाहरु एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्वका लागि रचनात्मक संवाद र सहकार्य समानात्मक ढंगले अघि बढ्नु आवश्यक छ। अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भप्र छ। सुधार प्रयासहरु भइरहेको छ।’मन्त्री खड्काले बढ्दो आयात र घट्दो निर्यातको कारण अर्थतन्त्रद बावमा परिरहेको टिप्पणी गरे। विषम् परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सबैले प्रयास कायम राख्नुपर्नेमा उनले जोड दिए।उनले भने, ‘यो विषम् परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सम्पूर्ण प्रयासलाई कायम राख्नु आवश्यक छ। बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र दबावमा परिरहेको छ।’ उनले पत्रकारिता बिना लोकतन्त्रको विकास अपूर्ण रहने पनि बताए।साभार : काठमाडौं प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
1 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
1 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
1 दिन पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले