Janakpurdham
Tue, Sep 22, 2026
`

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर १६ गते ।  पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताको ठूलो बलिदान तथा सङ्घर्षले प्राप्त भएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ ।पूर्व उपप्रधानमन्त्री निधिले जनकपुरधाम–२३ लादोवेलामा गैरअवासीय नेपाली सङ्घको आयोजनामा सञ्चालनमा आएको बेलायती कम्पनी बेलेकोको शाखाको आज उद्घाटन गर्दै प्रदेशहरूलाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारी समायोजन छिटो गर्नुपर्ने बताउनुभयो ।उहाँले मुलुकमा आर्थिक मन्दी भएको बेलामा बेलायत तथा कतारमा प्रतिष्ठा आर्जन गरेको बेलेकोको कम्पनीका शाखा खुलेकोमा खुसी व्यक्त गर्दै यसले यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीको अवसर मिल्ने आशा व्यक्त गर्नुभयो ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कम्पनीको शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका बेरोजगार युवाहरूले स्वदेशमा नै रोजगारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा लोसपाका नेता परमेश्वर साहले जनकपुरधाममा व्यापारीहरू पलायन भइरहेको वेलामा प्रसिद्ध कम्पनीको शाखा खुल्नु खुसीको विषय भएको बताउनुभयो ।गैरअवासीय नेपाली संघका युरोप शाखाका अध्यक्ष चिन्तामणि शर्माले नेपालमा गैरअवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेकका नागरिकता प्रदान गर्न थालेपछि लगानीका लागि उत्साहित भएको बताउनुभयो ।कम्पनीका सञ्चालक मोहम्द ईसराईलको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सिओ अब्दुल बासिर, कम्पनीका ब्राण्ड एम्बेस्डर प्रदीप खडकाले कम्पनीले उत्पादन गरेका ४३ प्रकारका घरेलु उपभोगका सामानहरूको बिक्री वितरण साथै निकट भविष्यमा नै उत्पादनको काम गर्ने बताउनुभयो ।कार्यक्रममा केही ज्येष्ठ नागरिक तथा स्थानीय बासीलाई सम्मान गरिएको थियो ।साभार : रेडियो नेपाल

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

4 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

4 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले