Janakpurdham
Sat, Aug 16, 2025
`

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर १६ गते ।  पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताको ठूलो बलिदान तथा सङ्घर्षले प्राप्त भएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ ।पूर्व उपप्रधानमन्त्री निधिले जनकपुरधाम–२३ लादोवेलामा गैरअवासीय नेपाली सङ्घको आयोजनामा सञ्चालनमा आएको बेलायती कम्पनी बेलेकोको शाखाको आज उद्घाटन गर्दै प्रदेशहरूलाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारी समायोजन छिटो गर्नुपर्ने बताउनुभयो ।उहाँले मुलुकमा आर्थिक मन्दी भएको बेलामा बेलायत तथा कतारमा प्रतिष्ठा आर्जन गरेको बेलेकोको कम्पनीका शाखा खुलेकोमा खुसी व्यक्त गर्दै यसले यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीको अवसर मिल्ने आशा व्यक्त गर्नुभयो ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कम्पनीको शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका बेरोजगार युवाहरूले स्वदेशमा नै रोजगारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा लोसपाका नेता परमेश्वर साहले जनकपुरधाममा व्यापारीहरू पलायन भइरहेको वेलामा प्रसिद्ध कम्पनीको शाखा खुल्नु खुसीको विषय भएको बताउनुभयो ।गैरअवासीय नेपाली संघका युरोप शाखाका अध्यक्ष चिन्तामणि शर्माले नेपालमा गैरअवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेकका नागरिकता प्रदान गर्न थालेपछि लगानीका लागि उत्साहित भएको बताउनुभयो ।कम्पनीका सञ्चालक मोहम्द ईसराईलको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सिओ अब्दुल बासिर, कम्पनीका ब्राण्ड एम्बेस्डर प्रदीप खडकाले कम्पनीले उत्पादन गरेका ४३ प्रकारका घरेलु उपभोगका सामानहरूको बिक्री वितरण साथै निकट भविष्यमा नै उत्पादनको काम गर्ने बताउनुभयो ।कार्यक्रममा केही ज्येष्ठ नागरिक तथा स्थानीय बासीलाई सम्मान गरिएको थियो ।साभार : रेडियो नेपाल

`
12 comments
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

2 दिन पहिले

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..

काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..

2 दिन पहिले

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

3 दिन पहिले