
राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर २१ गते । जनकपुरधामको वडा नंं २३ विन्धिमा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाले खेलको विकासलाई उच्च प्राथमिकतामा राखेकोले नगर क्षेत्रका खेलकुद मैदानलाई व्यवस्थित बनाउन वडा कार्यालयहरूलाई आग्रह गर्नुभयो ।उहाँले नेपालको पत्रकारिता इतिहासमा स्वर्गीय राजेश्वर नेपालीको ठूलो योगदान रहेको बताउँदै उहाँको नाउँमा क्रिकेट टुर्नामेन्ट हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रमका सभापति तथा वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएकाले खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलका संयोजक रमेश साह, स्थानीय अगुवा युवा केवल शर्मा, पत्रकार श्रीनारायण साह सहितका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाममा भइरहेको प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।दुग्धमति युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा शुरु भएको प्रतियोगितामा धनुषा तथा महोत्तरीका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता १३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
साभार : रेडिया नेपाल

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
2 दिन पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
2 दिन पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
3 दिन पहिले