Janakpurdham
Tue, Sep 22, 2026
`

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर २१ गते ।  जनकपुरधामको वडा नंं २३ विन्धिमा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाले खेलको विकासलाई उच्च प्राथमिकतामा राखेकोले नगर क्षेत्रका खेलकुद मैदानलाई व्यवस्थित बनाउन वडा कार्यालयहरूलाई आग्रह गर्नुभयो ।उहाँले नेपालको पत्रकारिता इतिहासमा स्वर्गीय राजेश्वर नेपालीको ठूलो योगदान रहेको बताउँदै उहाँको नाउँमा क्रिकेट टुर्नामेन्ट हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रमका सभापति तथा वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएकाले खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलका संयोजक रमेश साह, स्थानीय अगुवा युवा केवल शर्मा, पत्रकार श्रीनारायण साह सहितका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाममा भइरहेको प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।दुग्धमति युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा शुरु भएको प्रतियोगितामा धनुषा तथा महोत्तरीका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता १३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

साभार : रेडिया नेपाल

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

3 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

3 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले